भारतले उचाल्यो आठौं पटक एसिया कपको उपाधि

काठमाडौं— एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ । आइतबार कोलम्बोमा भएको फाइनल भिडन्तमा घरेलु टीम श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारत आठौं पटक एसिया कप च्याम्पियन भएको हो ।
भारतले पछिल्लोपटक २०१८ मा एसिया कप जितेको थियो। एसिया कपको फाइनलमा विकेटको आधारमा तय भएको यो सबैभन्दा ठूलो जित हो ।
श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले विकेट नगुमाइ ६.१ ओभरमा पार गर्यो । भारतका लागि इशान किसनले नटआउट २३ रन र शुभमन गिलले नटआउट २७ रन जोडे ।
त्यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भयो । श्रीलंकाको ब्याटिङ लाइनअप ध्वस्त पार्न भारतका मोहमद सिराजले ६ विकेट लिए। करिअरको उत्कृष्ट बलिङ गरेका उनले ७ ओभरमा एक मेडन राख्दा २१ रन खर्चिए ।
एसिया कपको फाइनल भिडन्तमा श्रीलंका ५० रनमै अलआउट
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १८:२३
साताको लोकप्रिय