News Griha :: न्यूजगृह
एसिया कपको फाइनल भिडन्तमा श्रीलंका ५० रनमै अलआउट

काठमाडौं— एसिया कपको फाइनल भिडन्तमा घरेलु टिम श्रीलंकाले खराब ब्याटिङ गरेको छ । कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भएको छ।

श्रीलंकाको ब्याटिङ लाइनअप ध्वस्त पार्न भारतका मोहमद सिराजले ६ विकेट लिए । करिअरको उत्कृष्ट बलिङ गरेका उनले ७ ओभरमा एक मेडन राख्दा २१ रन खर्चिए।

india vs srilanka1694953145.jpg

यस्तै हार्दिक पाण्ड्याले२.२ ओभरमा ३ विकेट लिए भने जसप्रति बुमराहले १ विकेट हात पारे।

श्रीलंका लगि कुशल मेन्डिसले १७ रन र डुशानहेमन्थले नटआउट १३ रन जोड्दा ९ ब्यट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए  । श्रीलंकाका पाँच ब्याट्सम्यानले त खाता नै खोल्न सकेनन्। 

५० रन श्रीलंकाको एकदिवसीय इतिहासकै दोस्रो कम योगफल हो। एकदिवसीय खेलमा श्रीलंकाको सबैभन्दा कम स्कोर भने २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध बनाएको ४३ रन हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १८:०१
Weather Update