६१ किलो सुन प्रकरण : २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता

काठमाडौं— सरकारी वकिल कार्यालय काठमाडौंले ६१ किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।
आइतबार सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।
न्यौपानेले पक्राउ परेका र फरारसहित गरी २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको जनाए ।
संगठित निवारण ऐन २०७०, भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ र मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा दर्ता गरेको हो ।
६० किलो ७१६ ग्राम सुन प्रकरणमा ५० जना संलग्न रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काे निष्कर्ष थियो ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १७:२४
साताको लोकप्रिय