News Griha :: न्यूजगृह
ऋषि पञ्चमीमा बिदा नहुने  

काठमाडौं— काठमाडौं महानगरपालिकाले ऋषि पञ्चमीका दिन बिदा नरहेको बताएको छ ।

महानगरबाट प्रकाशित भित्ते पात्रोमा ऋषि पञ्चमीका दिन असोज २ गते बिदा उल्लेख रहेको भए पनि उक्त दिन बिदा नरहेको महानगरले सूचना निकालेर जानकारी गराएको हो ।

भित्ते पात्रोमा ऋषि पञ्चमीका दिन महिला कर्मचारीहरूलाई बिदा भन्ने उल्लेख थियो । आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले सूचना निकालेर ऋषि पञ्चमीमा बिदा नरहेको उल्लेख गरेकी छिन् । 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ११:३३
Weather Update