
काठमाडौं— सेप्टेम्बर २० र २१ तारिकमा हुने ‘थर्ड वर्ल्डमिट इन्टरनेशनल अवार्ड–२०२३’ भाग लिन नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको छ ।
सोमबार संवाद डबलीमा नेपाल सिन्दो काइकन कराते एशाेसिएशनले बिदाइ अघि पत्रकार सम्मेलन गरी विश्व च्याम्पियनसिप तथा सम्मान कार्यक्रममा भाग लिने जनाएको छ ।
वर्ल्ड मार्शल आर्टिस्ट काउन्सिलले आयोजना गर्न लागेको सो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रममा नेपाल सिन्दो काइकन कराते एशाेसिएशनले भाग लिने महासचिव जगत धामीले बताए ।
धामीले आफूहरुले प्रतिस्पर्धामा भाग लिनुका साथै नेपाली कला–संस्कृति र पहिचान झल्किने झाँकी तथा नेपालको राष्ट्रिय झण्डा फहराउने जानकारी दिए ।
थाइल्याण्डको सो कार्यक्रम सम्पन्न गरिसकेपछि मलेसियामा २४ तारिखमा हुन लागेको इन्टरनेशनल गोल्डेन अवार्ड कार्यक्रममा पनि सहभागि हुन लागेको महासचिव धामिले बताए ।
मलेसियामा हुने अवार्ड कार्यक्रममा युकेको द मिक्स मार्शलआर्ट काउन्सिलले नेपाल सिन्दो काईकन एशाेसिएशनलाई अवार्ड प्रदान गर्ने पनि आयोजकले जानकारी दिएको छ ।
सो एशोसिएशनका अध्यक्ष सविन खड्काले खेल जगत देशको अभिन्न अंग भएकोले राज्यले त्यसलाई प्रोत्सहान दिनुपर्ने धारणा राखे ।
अध्यक्ष खड्काले खेलडीहरुले नेपालको राष्ट्रियता र पहिचानको लागि चाउचाउ मात्रै खाएर लडिरहँदा पनि सरकारले वास्ता नगरेको गुनासो गरे ।
खड्काले आफूहरुको सहभागिता देशका निम्ति भए पनि व्यक्तिगत लगानीमा बाहिर जानुपर्दा निकै दुःख लागेको बताए ।
पत्रकार सम्मेलनमा उपाध्यक्षद्वय वीरबहादुर कडायत र यमुना प्रसाद काफ्लेले आफूहरुले पूर्ण हौसलाका साथ प्रतिस्पर्धामा सहभागि हुने र अको वर्ष ‘फोर्थ वर्ल्डमिट इन्टरनेशनल अवार्ड–२०२४’ नेपालमा आयोजना गर्न पहल गर्ने धारणा राखे ।