News Griha :: न्यूजगृह
साेमबार यी कम्पनीका लगानीकर्ता फाइदामा

काठमाडौं— नेप्से ४.२६ अंकले वृद्धि भएर १९६९.१८ को बिन्दुमा बन्द भएको छ ।आइतबार नेप्से ४२.१४ अंकको उच्च गिरावट भएर १९६४.९१ को विन्दुमा बन्द भएकोमा सोमबार ०.२१ प्रतिशतले बढेको हो ।

सोमबार बैंकिङ उपसूचक बाहेक सबै उपसूचक बढे । कारोबार रकम ८७ करोड ४ लाखमा सीमित भएको छ । सोमबार कारोबार भएकामध्ये रिलायबल लाइफ इन्स्योरेन्सको शेयर सर्वाधिक ९ करोड ३९ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ४ करोड ३४ लाख र साल्ट ट्रेडिङ कर्पोरेसनको ३ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २२६ सुचिकृत कम्पनीको शेयर कारोबार भएकोमा १४९ कम्पनीको शेयरमूल्य बढेको छ । यस्तै ६२ कम्पनीको शेयरमूल्यमा गिरावट हुँदा १५ कम्पनीको शेयरमूल्य स्थिर छ । जसमध्ये इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशत र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

भूगोल इनर्जी डेभलमेन्ट कम्पनीको शेयरमूल्य ८.७२ प्रतिशतले बढेको हो । शुभम् पावर लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा पिपुल्स पावर लिमिटेडको शेयरमूल्य ४.९६ प्रतिशत र समता घरेलु लघुवित्तको शेयरमूल्य ३.५१ प्रतिशतले गिरावट भएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १५:५५
Weather Update