News Griha :: न्यूजगृह
कानुन बनाउन ढिलाइ हुँदा जनताले संघीयताको अनुभूति गर्न पाएनन् : कार्यवाहक प्रधानमन्त्री खड्का
कानुन बनाउन ढिलाइ हुँदा जनताले संघीयताको अनुभूति गर्न पाएनन् : कार्यवाहक प्रधानमन्त्री खड्का कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले कानुन बनाउन ढिलाइ हुँदा जनताले संघीयताको अनुभूति गर्न नपाएको बताएका छन् । बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा संघीयता कार्यान्वयनमा सरकार दृढ रहेको  पनि बताए ।
वन फँडानी आरोपमा वडा अध्यक्षसहित चार पक्राउ
वन फँडानी आरोपमा वडा अध्यक्षसहित चार पक्राउ वन फँडानी आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडा अध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो ।
विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का
विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का राजस्व छलीको आशङ्कामा भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ ।  राजस्व छलीको आशङ्कामा नेपालका खर्बपति व्यापारी चौधरीले स्थापना गरेको सहायक कम्पनी सीजी कर्प ग्लोबलको जयपुर कार्यालय, दौसा र सिकरलगायतका ५ स्थानमा मंगलबार आयकर विभागले छापा...
इन्द्रजात्राको अघिल्लो दिन कुमारीको पूजा
इन्द्रजात्राको अघिल्लो दिन कुमारीको पूजा इन्द्रजात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीको पूजा गरिएको छ ।नेवारी समुदायमा बेल विवाह नगरेका बालिकालाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । तर यो पूजा रोयल कुमारीको भने नभएको र ५०५ कन्या कुमारी पूजा भएको राजन महर्जनले जानकारी दिए ।
इराकमा विवाह समारोहमा आगलागी हुँदा ११३ जनाको मृत्यु
इराकमा विवाह समारोहमा आगलागी हुँदा ११३ जनाको मृत्यु इराकको उत्तरी निनेभेह प्रान्तमा एक विवाह समारोहमा आगलागी हुँदा ११३ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् ।स्थानीय अधिकारी र आपतकालीन सेवाका अनुसार आागलागीमा परी ठूलो मानवीय क्षति भएको छ । निनेभेहका डेपुटी गभर्नर हसन अल–अल्लाकले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘अहिलेसम्म ११३ जनाको मृत्यु भएको...
डेंगुको प्रकोप बढेपछि तनहुँमा सचेतना अभियान सुरु
डेंगुको प्रकोप बढेपछि तनहुँमा सचेतना अभियान सुरु तनहुँ— डेंगुको प्रकोप बढ्दै गएपछि तनहुँका विद्यालमा सचेतना अभियान सुरु गरिएको छ । तनहुँको सदरमुकाम दमौली अस्पताललगायत जिल्लाका अस्पताल तथा क्लिनिकमा डेंगुका बिरामी बढेपछि व्यास नगरपालिकाले विद्यालय विद्यालयमा स्वास्थ्यकर्मीमार्फत सचेतना प्रदान गर्न थालेको छ ।
मानव स्रोतले अभिमुखीकरण कार्यक्रम गर्ने, सबै इकाईलाई पत्र
मानव स्रोतले अभिमुखीकरण कार्यक्रम गर्ने, सबै इकाईलाई पत्र शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले यही असोज १४ देखि १६ गतेसम्म २०८०/८१ को वार्षिक कार्यक्रम अभिमुखीकरण सञ्चालन गर्ने भएको छ ।
आन्दोलनरत चिकित्सकलाई स्वास्थ्यमन्त्रीले भने— सुरक्षाको जिम्मा सरकारले लिन्छ, काममा फर्कनुहोस्
आन्दोलनरत चिकित्सकलाई स्वास्थ्यमन्त्रीले भने— सुरक्षाको जिम्मा सरकारले लिन्छ, काममा फर्कनुहोस् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् ।बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए ।
सुनको मूल्यमा निरन्तर गिरावट, तोलाको कति ?
सुनको मूल्यमा निरन्तर गिरावट, तोलाको कति ? नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । सोमबार स्थिर र मंगलबार घटेको सुनको मूल्य बुधबार पनि घटेर प्रतितोला एक लाख ११ हजारमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला सुन एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
जसपाले दियाे केन्द्रीय नेताहरूलाई वडादेखि जिल्लासम्मको जिम्मेवारी
जसपाले दियाे केन्द्रीय नेताहरूलाई वडादेखि जिल्लासम्मको जिम्मेवारी जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ ।
चाडबाड नजिकिएसँगै बजार अनुगमन तीव्र, मापदण्डविपरीत सञ्चालित पसल बन्द
चाडबाड नजिकिएसँगै बजार अनुगमन तीव्र, मापदण्डविपरीत सञ्चालित पसल बन्द चाडबाड नजिकिएसँगै गमगढीमा बजार अनुगमन तीव्र पारिएको छ । अनुगमनका क्रममाः मापदण्डविपरीत सञ्चालित पसल बन्द गराइएको छ ।खाद्यान्न, खुद्रा, फेन्सी इलेक्टोनिक, सिलाइकटाइ, मोबाइल, तरकारी, होटल, मदिरा, डिजेल, पेट्रोल, मासु पसल पसलका अनुगमन गर्दा मापदण्डविपरीत पाइएको हो ।
पर्यटन दिवस मनाउन सार्वजनिक बिदा
पर्यटन दिवस मनाउन सार्वजनिक बिदा बर्दियाको ठाकुरबाबा नगरपालिकाले ४४औं विश्व पर्यटन दिवस मनाउन आज सार्वजनिक बिदा दिएको छ ।
Weather Update