आँबुखैरेनीमा विद्युतबाट युरिया मल उत्पादन सम्भाव्यता अध्ययनको जिम्मा मलेसियन कम्पनीलाई बुधबार, असोज १०, २०८०

कांग्रेस सांसद खड्काले दिए जिल्ला सभापतिबाट राजीनामा बुधबार, असोज १०, २०८० नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद दीपक खड्काले सङ्खुवासभा पार्टी सभापतिबाट राजीनामा दिएका छन् । खड्काले संसद्मा सक्रिय हुँदा जिल्लाको पार्टी गतिविधिमा ध्यान दिन नसकेका कारणले राजीनामा दिएको उल्लेख गरेका छन् ।

नेपालको कानुनबाट कोही नडराउने अवस्था आयो : चन्द्र भण्डारी बुधबार, असोज १०, २०८० नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शिक्षासम्बन्धी ऐन शिक्षक र कर्मचारीको मात्र नभई अभिभावक पनि भएको बताएका छन् । बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा उनले सरकारले यो ऐन सम्बन्धित निकायसँग कुरा नगरी हतारमा पेश गरेको बताए ।

संविधान संशोधन नगरी शिक्षकका माग पूरा गर्न सकिन्छ : रमेश लेखक बुधबार, असोज १०, २०८० नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन नगरी पनि शिक्षा विधेयक संशोधन गर्न सकिने बताएका छन् ।

प्रधानमन्त्री–मन्त्रीकाे विदेश भ्रमणले खर्च बढायो : योगेश भट्टराई बुधबार, असोज १०, २०८० सार्वजनिक लेखा समितिका सदस्य योगेश भट्टराईले प्रधानमन्त्री–मन्त्रीको विदेश भ्रमणसँगै खर्च पनि बढेको बताएका छन् । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा उनले विदेश भ्रमणका क्रममा जम्बो टोल जाँदा यसले खर्च बढाएको बताएका हुन् ।

ईःलाई बालेनले भने—गरिबको सधैंको लागि बोल्दिने काठमाडौं महानगर छ बुधबार, असोज १०, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अभियन्ता ईः लाई सम्बोधन गर्दै गरिबका लागि सधैं बोलिदिने काठमाडौं महानगर भएको बताएका छन् ।

शिक्षक आन्दोलनलाई सघाइरहेका रमेश बाबु भट्टराई बुधबार, असोज १०, २०८० काठमाडौंमा शिक्षकको आन्दोलन जारी छ । आन्दोलन कहिलेसम्म हुन्छ भन्न सकिने अवस्था छैन । आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलाएको छैन । त्यसैले शिक्षकले भोकप्यास नभनी आन्दोलन गरिरहेका छन् काठमाडौंको माइतीघर—नयाँ बानेश्वर सडकमा ।
‘चिकित्सक कुट्ने’ प्रहरी निलम्बित बुधबार, असोज १०, २०८० पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई ‘साफ चुटेर आएँ’ भन्दै आक्रोशित भीडमा अभिव्यक्ति दिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् । श्रेष्ठलाई निलम्बन गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख वुद्धिराज गुरुङले जानकारी दिए । श्रेष्ठले चिकित्सकलाई कुटेको भन्दै सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आएका थिए ।

नेप्सेमा दोहोरो अंकको गिरावट, सन् नेपाल लाइफकाे शेयर सर्वाधिक कारोबार बुधबार, असोज १०, २०८० नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अंकको वृद्धि भएकोमा बुधबार भने दोहोरो अंकले नै गिरावट आएको छ ।मंगलबार १८ दशमलव ४५ अंकले बढेर दुई हजार २२ दशमलव ९१ को बिन्दुमा कायम भएको थियो । बुधबार नेप्से १८.६० अंकको गिरावट हुँदा २००४.३० को विन्दुमा बन्द भएको छ ।

ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह बुधबार, असोज १०, २०८० साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै विगत ८ दिनदेखि काठमाडौं महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ईःको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।

ऊर्जामन्त्री भन्छन्— अब उद्योगमा विद्युतको समस्या हुँदैन बुधबार, असोज १०, २०८० ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालगञ्जमा उद्योग सञ्चालनका लागि अब विद्युत्को समस्या नहुने बताएका छन् ।नेपालगञ्ज उद्योग वाणिज्य संघले बुधबार नेपालगञ्जका उद्योगी व्यापारीसँग आयोजना गरेको भेटघाट कार्यक्रममा उनले बाँकेमा देखिँदै आएको लामो समयदेखिको विद्युत् समस्या समाधान गर्न कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण गरेर सञ्चालन गरिने बताए...

जहाज खरिदमा अनियमितता हुँदैन : मन्त्री किराती बुधबार, असोज १०, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन् ।
ईसीडी र राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप बुधबार, असोज १०, २०८० प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) र राहत शिक्षकको संयुक्त आन्दोलनमा बुधबार नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको छ ।विभिन्न माग राख्दै ६ दिनदेखि माइतीघर मण्डला—नयाँ बानेश्वर सडकमा आन्दोलन गरिरहेका शिक्षकलाई प्रहरीले हस्ताक्षेप गरेको हो । शिक्षकले बल गरेर निषेधित क्षेत्र तोडेर संघीय संसद् भवनतर्फ जान खोजेपछि प्रहरीले रोकेको हो । प्रहरीले...









