News Griha :: न्यूजगृह
जहाज खरिदमा अनियमितता हुँदैन : मन्त्री किराती

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन् । 

बुधबार ४४औँ विश्व पर्यटन दिवसका अवसरमा लतिलपुरको पाटन दरबार क्षेत्र परिसरमा आयोजित कार्यक्रममा उनले बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले निगमको जहाज खरिद गर्न लागेको बताए ।

मन्त्री किरातीले भने,‘जहाज खरिदका विषयमा नकारात्मक टिप्पणी भइरहे पनि हामी पारदर्शीपूर्ण ढंगले  प्रक्रिया अघि बढाउँँछाै‌ँ । कुनै किसिमको अनियमितता नहुनेमा म विश्वास दिलाउँछु ।’

निगमको आन्तरिक उडानका लागि आन्तरिक स्रोतबाटै तीन थान ट्विनअटर जहाज खरिद गर्न लागेको छ । 

निगमसँग हाल आन्तरिकतर्फ दुई थान ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाज छन् ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १४:३२
Weather Update