News Griha :: न्यूजगृह
‘चिकित्सक कुट्ने’ प्रहरी निलम्बित

पोखरा— पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई ‘साफ चुटेर आएँ’ भन्दै आक्रोशित भीडमा अभिव्यक्ति दिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् । 

श्रेष्ठलाई निलम्बन गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख वुद्धिराज गुरुङले जानकारी दिए । श्रेष्ठले चिकित्सकलाई कुटेको भन्दै सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आएका थिए ।

मणिपालमा उपचाररत एक महिलाको मृत्युपछि विवाद भएको थियो । बिरामीका आफ्न्तले चिकित्सकमाथि आतपात गरेका थिए । आक्रोशित भीडमा इन्स्पेक्टर श्रेष्ठले ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै अभिव्यक्ति दिएका थिए । श्रेष्ठको उक्त अभिव्यक्तिपछि चौतर्फी आलोचना भएको थियो भने चिकित्सकले कारबाही माग गरेका थिए ।

उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको उनले बताए । 

प्रकरणमा थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समिति समेत गठन गरिएको छ ।

समितिले छानबिन गर्दासम्म श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी श्रवण विकले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:२०
Weather Update