News Griha :: न्यूजगृह
नेपालको कानुनबाट कोही नडराउने अवस्था आयो : चन्द्र भण्डारी

काठमाडौं— नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शिक्षासम्बन्धी ऐन शिक्षक र कर्मचारीको मात्र नभई अभिभावक पनि भएको बताएका छन् । 

बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा उनले सरकारले यो ऐन सम्बन्धित निकायसँग कुरा नगरी हतारमा पेश गरेको बताए । 

‘यो विकृतिको सबैभन्दा चरमसीमा जस्तो देखिन्छ । व्यवस्थापनको अकर्मण्यता पनि देखिन्छ । मुलुकको प्रमुख तत्व के हो भन्ने कुरा नबुझेको जस्तो लाग्छ,’ भण्डारीले भने, ‘नेपालको कानुन कति निरीह छ भनेर यहीँबाट प्रस्ट हुन्छ । नेपालको कानुनदेखि कोही डराउँदैनन् ।’
 
उनले अहिले डाक्टरहरू आन्दोलनमा भएको र मानिसको जीवनसँग जोडिएका डाक्टरहरूमाथि हातपात गर्नु भनेको दुखद कुरा भएको बताए । 

यो विकृति बेथिति अन्त्य गर्नका लागि कानुन बलियो हुनुपर्ने उनको भनाई छ । कानुनले गलत प्रवृत्ति, संस्कार र लोभ लालचमा लागेर आत्मसमर्पण गर्न नहुने भण्डारीले बताए । 
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:१६
Weather Update