जसले घान्द्रुकमा होटल व्यवसायको जग बसाए बुधबार, असोज १०, २०८०

‘शिक्षक कर्मचारीले संविधान विपरीतका माग राख्न हुँदैन’ बुधबार, असोज १०, २०८० राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले शिक्षक कर्मचारीले व्यवस्थामाथि प्रश्न उठ्ने गरी संविधान विपरीतका माग राख्न नहुने बताएका छन् । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिहेका शिक्षक कर्मचारीलाई दाहालले सो कुरा भनेका हुन् ।

दीपेन्द्रले बनाएर कीर्तिमानी अर्धशतक बुधबार, असोज १०, २०८० दीपेन्द्र सिंह ऐरीले टी–२० क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् । एसियाली खेलकुद अन्तरगत मंगोलियाविरुद्ध ऐरीले मात्र ९ बलमा अर्धशतक बनाएका हुन् ।

मंगोलियाविरुद्ध नेपालले बनायो कीर्तिमानी ३१४ रन बुधबार, असोज १०, २०८० चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ । कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो ।

टी–२० आई क्रिकेटमा कुशलको विश्व कीर्तिमानी शतक बुधबार, असोज १०, २०८० नेपालका अलराउण्ड र कुशल मल्लले टी–२० आई क्रिकेटमा विश्व कीर्तिमानी शतक कायम गरेका छन् । चीनको हाङझावमा जारी पुरुष क्रिकेट अन्तर्गत मंगोलियाविरुद्ध भएको खेलमा कुशल मल्लले ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् ।

गाडीको ठक्करबाट बैतडीमा सशस्त्र प्रहरी हवल्दारको मृत्यु बुधबार, असोज १०, २०८० बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका– ८ हरिचनका अन्दाजी ३७ वर्षीय नरेन्द्रसिंह महरा छन् । उनी आश्रित गुल्म बाजुरामा सशस्त्र प्रहरी हवल्दारका रुपमा कार्यरत थिए ।

आज फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ बुधबार, असोज १०, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।

सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस बुधबार, असोज १०, २०८० हङकङबाट तस्करी गरेर ल्याएको करिब ६१ किलो सुन प्रकरणका आरोपितको बयान सकिएपछि बुधबारबाट थुनछेक बहस सुरु हुने भएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंमा प्रहरी नियन्त्रणमा रहेका २६ जनाको बयान सकिएपछि बुधबारबाट थुनछेक बहस हुन लागेको हो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर बुधबार, असोज १०, २०८० जसअनुसार, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ८५ पैसा र बिक्री दर १४१ रुपैयाँ ४८ पैसा रहेको छ।

आज विश्व पर्यटन दिवस, पहिलो उडानबाट आएका विदेशी पर्यटकलाई मन्त्री किरातीले गरे स्वागत बुधबार, असोज १०, २०८० विश्व पर्यटन दिवस दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

गैरहाजिर २२ प्रहरीलाई स्पष्टीकरणसहित ७ दिनभित्र हाजिर हुन हेडक्वार्टरको निर्देशन बुधबार, असोज १०, २०८० आफूखुसी कार्यालयमा गैर हाजिर भएको र खोजतलास गर्दा पनि नभेटिएको भन्दै प्रहरी प्रधान कार्यालयले सातदिने म्याद दिई सम्पर्कमा आउन भनेको हो । कार्यालयको सम्पर्कमा आउँदा गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न पनि भनिएको छ । अन्यथा सेवाबाट हटाउने कारबाही हुने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

एमाले बागमती अधिवेशन : आज मनोनयन बुधबार, असोज १०, २०८० निर्वाचनका लागि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ । अन्तिम नामावली ९ बजे प्रकाशित हुने छ । बिहान ९ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।

कस्तो रहला आजको मौसम ? बुधबार, असोज १०, २०८० हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ।









