News Griha :: न्यूजगृह
बारामा गोली हानी एक जनाको हत्या
बारामा गोली हानी एक जनाको हत्या दसगजा भन्दा करिब ७०० मिटर नेपालतर्फ बाराको पचरौता नगरपालिका- ६ लक्ष्मिनियामा भारत मोतिहारी दर्पा थाना १, सुक्लहिया गाँउ बस्ने २२ वर्षीय अजितकुमार सिंहको गोली प्रहार गरी हत्या भएको हो ।
क्यानको नयाँ कार्यसमितिको पहिलो बैठक : एनपीएल आफैँ गर्ने, प्रधानमन्त्री कपको फाइनल तीन दिवसीय 
क्यानको नयाँ कार्यसमितिको पहिलो बैठक : एनपीएल आफैँ गर्ने, प्रधानमन्त्री कपको फाइनल तीन दिवसीय  नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) आफैँ आयोजना गर्ने निर्णय गरेको छ । क्यान नयाँ कार्यसमितिको पहिलो बैठकले मार्च–अप्रिल, २०२४ मा एनपीएल आयोजना गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
ईः अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन
ईः अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन ईः ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन् । मंगलबार बिहान उपमेयर सुनिता डंगोल अभियन्ता ईः लाई भेट्न पुगेकी थिइन् । त्यसपछि मेयर बालेन साहले वार्ताका लागि ५ सदस्यीय टोली बनाएका थिए । ईः का तर्फबाट पनि ५ सदस्यीय टोली...
बहाना सुन किन्‍ने, उद्देश्य चोरी
बहाना सुन किन्‍ने, उद्देश्य चोरी सुन किन्‍ने बहानामा विभिन्न सुन पसलमा गरगहना चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-९ का ३३ वर्षीया रत्न महर्जन, तारकेश्वर-४ का २२ वर्षीय सुमन पुतुवार, नुवाकोटका ३६ वर्षीय बिरेन्द्र बिक र भारतीय नागरिक ३७ वर्षीय हनुमन्त फाँडे छन् ।
सुन तस्करी प्रकरणमा २६ प्रतिवादीको बयान सकियो, भोलिबाट थुनछेक बहस
सुन तस्करी प्रकरणमा २६ प्रतिवादीको बयान सकियो, भोलिबाट थुनछेक बहस न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान मंगलबार सकिएको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए । उनका अनुसार मंगलबार ४ जना प्रतिवादीको बयान लिइएको थियो ।
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ मंगलबार गृह मन्त्रालयमा स्वास्थ्य संस्‍थाका प्रतिनिधिहरूसँग बसेको बैठकमा दुई वटा काम गर्ने निर्णय भएको उनले बताए। पोखराको मणिपाल अस्पतालमा सोमबार एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरूले डाक्टरहरूमाथि कुटपिट गरेका थिए। कुटपिटसँगै उनीहरूले अस्पतालमा तोडफोड समेत गरेका थिए।
पत्रकारमाथि आक्रमण गर्ने पक्राउ
पत्रकारमाथि आक्रमण गर्ने पक्राउ रातोपाटी डटकमका पत्रकार कृष्णसिंह धामीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनमा आबद्ध प्रेम सिजापति छन् ।
स्वास्थ्यकर्मीहरूलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर साहको आग्रह
स्वास्थ्यकर्मीहरूलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर साहको आग्रह मंगलबार दिव्य शताब्दी पुरुष डा. गौरीशङ्करलाल दासलाई नागरिक अभिनन्दन गर्दै उनले डा. दासलाई झैं सरकारले अन्य चिकित्सकहरूलाई पनि सुरक्षाको प्रत्याभूति दिलाइ देशमै रहेर सय वर्ष बिताउन सक्ने वातावरण सिर्जना गर्नु पर्ने बताएका हुन् ।
सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति
सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका चिकित्सकबीच सहमति भएको छ । उनीहरूबीच चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि कारबाही गर्ने सहमति भएको छ । सहमति अनुसार स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ बमोजिम कारबाही हुनेछ ।
सर्वोच्चले माग्यो ललिता निवासमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको जवाफ
सर्वोच्चले माग्यो ललिता निवासमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको जवाफ सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ ।
‘देशको अवस्था सिटामोल खाएर ठिक हुने खालको छैन’
‘देशको अवस्था सिटामोल खाएर ठिक हुने खालको छैन’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था सिटामोल खाएर ठिक हुने खालको नभएको बताएका छन् ।
सरोकारवालासँग कांग्रेसले भन्यो— शिक्षा विधेयक सच्याउँछौं
सरोकारवालासँग कांग्रेसले भन्यो— शिक्षा विधेयक सच्याउँछौं प्रमुख सचेतक रमेश लेखकले सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन आफ्नो दलले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
Weather Update