News Griha :: न्यूजगृह
‘देशको अवस्था सिटामोल खाएर ठिक हुने खालको छैन’

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था सिटामोल खाएर ठिक हुने खालको नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘निजी क्षेत्रसँग नेकपा एमाले’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

जरामा रोग लागेको छ भने पातमा औषधी राखेर केही नहुने भन्दै ओलीले अहिलेको अवस्थामा विशेष उपचारको आवश्यकता रहेको बताए ।

उनले भने,‘अहिलेको अवस्थामा सामान्य हिसाबले हुनेवाला छैन, सिटामोल खाएर यो रोग हट्दैन । एकछिनको ज्वरो पनि हट्ने अवस्था छैन, यसको खास उपचार आवश्यक छ । जरामा रोग लागेको छ, पातमा औषधी राखेर केही हुँदैन । अहिलेको अवस्था त्यहीँनिर पुगेको छ ।’

अध्यक्ष ओलीले अर्थतन्त्र ध्वस्त भएको अवस्थामा सरकार गम्भीर नभएको बताए ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १७:४५
Weather Update