उपमेयर डंगोलले भेटिन् आन्दोलनरत ईःसहित युवालाई मंगलबार, असोज ९, २०८०

राष्ट्रिय सभा बैठक फेरि सर्यो मंगलबार, असोज ९, २०८०

उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राखेर ग्यास बजारमा ल्याउन आपूर्तिमन्त्री रिजालको आग्रह मंगलबार, असोज ९, २०८० उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सबै ग्यास उद्योगलाई उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राखेर ग्यास बजारमा ल्याउन आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल एलपी ग्यास उद्योग संघको २८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
मंगलबार सुनको मूल्य घट्यो मंगलबार, असोज ९, २०८० नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा चार सय रुपैयाँ घटेर एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आन्दोलनरत शिक्षकका जायज माग पूरा गर्न सरकार तयार छ : कार्यवाहक प्रधानमन्त्री खड्का मंगलबार, असोज ९, २०८० कार्यवाहक प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाल शिक्षक महासंघसँग भएका सहमति कार्यान्वयन हुने बताएका छन् ।सोमबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणबाट फर्किएलगत्तै कार्यान्वयनको चरणमा जाने बताएका हुन् ।

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती मंगलबार, असोज ९, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सक त्यहीँ रोकिएको भन्ने खबरले दुःखी बनाएको बताएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव मंगलबार, असोज ९, २०८० कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुसार हात्ती नहुँदा नियमित गस्ती गर्न समस्या हुने गरेको सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।

एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त मंगलबार, असोज ९, २०८० एसियाली खेलकुद (एसियाड) को जुडो खेलमा नेपालको यात्रा समाप्त भएको छ । दुई जना खेलाडीको पराजयसँगै जुडोमा नेपालको यात्रा टुंगिएको हो ।

चतुर र पारसले सम्झाएपछि चीन लागे सन्दीप मंगलबार, असोज ९, २०८० बलात्कार मुद्दाका कारण चिन्तित क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले सम्झाइबुझाइ गरेपछि एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

तनहुँमा डेंगु संक्रमणबाट तीन जनाको मृत्यु मंगलबार, असोज ९, २०८० डेंगु संक्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् ।नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास–१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते...

दाङमा बस दुर्घटना, २५ जना बढी घाइते मंगलबार, असोज ९, २०८० काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

नेपाल मुस्लिम संघको अध्यक्षमा मन्सुरी निर्वाचित मंगलबार, असोज ९, २०८० नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघको केन्द्रीय अध्यक्ष पदमा अतावुल मन्सुरी निर्वाचित भएका छन् ।

ईःलगायतका सत्याग्रहीहरूसँग यथाशीघ्र वार्ता गरियोस् : भट्टराई मंगलबार, असोज ९, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले विभिन्न माग राख्दै उभिएर आन्दोलन गरिरहेका अभियन्ता ईः सँग यथाशीघ्र वार्ता गर्नुपर्ने बताएका छन् ।









