News Griha :: न्यूजगृह
उपमेयर डंगोलले भेटिन् आन्दोलनरत ईःसहित युवालाई

काठमाडौं— काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह अगाडि ८ दिनदेखि उभिएर माग सुनाइरहेका सामाजिक अभियन्ता ईःलाई भेटेकी छिन् । 

मंगलबार उपमेयर डंगोलले ईःसहित आन्दोलनरत युवालाई भेटेकी हुन् । उपमेयर डंगोलले फुटपाथबाट विस्थापित भएकाहरूलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन आफू प्रतिबद्ध रहेको बताइन् ।

गत मंगलबारदेखि राष्ट्रिय सभागृहको गेट नजिकै उभिएका युवाले मेयर बालेन साहले चुनावअघि सडकमा व्यवसाय गरेर बसेका साना व्यवसायीको उचित व्यवस्थापन गर्ने बताएकोमा अहिले त्यो प्रतिबद्धताविपरीत कार्य गरेको भन्दै सडक र फुटपाथमा व्यवसाय गरेर खानेहरूलाई विकल्प दिएर व्यवस्थापन गर्न माग गरिरहेका छन् । 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १३:२२
Weather Update