पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर सोमबार, असोज ८, २०८०

पोल्याण्ड पठाइदिने भन्दै ठग्ने मेनपावर सञ्चालक पक्राउ सोमबार, असोज ८, २०८० पक्राउ पर्नेमा राप्ती प्लेसमेन्ट मेनपावरका सञ्चालक चितवन भरतपुर ६ घर भई बसुन्धरा बस्ने वर्ष ४२ का रविन्द्र अधिकारी छन् । पोल्याण्ड पठाइदिने भन्दै उनले चार जनासँग १२ लाख रुपैयाँ लिइ ठगी गरेको आरोप छ । प्रहरीका अनुसार उनले प्रेम तामाङ समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १२...
गगन थापाको प्रश्न — सरकारमा बस्ने अनि देश सङ्कटमा छ भन्ने? सोमबार, असोज ८, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने दलको नाताले कांग्रेसले देश सङ्कटमा छ भन्न नसुहाउने टिप्पणी गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले नेतृत्व गर्ने अनि देश सङ्कटमा छ भन्ने ? भन्दै देश सङ्कटमा नभई कांग्रेसको जिम्मामा भएको बताए ।
‘राइड सेयरिङ’को बढ्दो बजार, सहज जीवनशैली तर ‘अफलाइन’ चुनौती सोमबार, असोज ८, २०८० राइड सेयरिङको कानुन स्पष्ट नहुँदा केकस्तो अवस्थामा के कारबाही गर्ने भन्ने कुरामा ट्राफिक प्रहरीलाई अन्योल नै छ । केही धेरै कमाउने प्रलोभनमा कतिपय राइडर अफलाइनमै सेवा दिन्छन् । बीमाको सुविधा नहुने हुँदा दुर्घटना अप्ठ्यारो पर्छ । आपराधिक मानसिकताका व्यक्तिले अफलाइनको बहानामा विभिन्न आपराधिक गतिविधि गर्ने गरेकोसमेत भेटिएको छ । एपमार्फत...

मर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ सोमबार, असोज ८, २०८० उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाविपरीत काम गर्ने जोकोहीलाई पनि कानुनी दायरमा ल्याउने बताएका छन् ।

सुन तस्करी घटनाका दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : केपी ओली सोमबार, असोज ८, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोगलाई दोषीमाथि कारबाही गराउने कार्यक्षेत्र दिनुपर्ने माग गरेका छन् ।

बालेनलक्षित ओलीको अभिव्यक्ति— घमण्डले मान्छेलाई बिगार्छ सोमबार, असोज ८, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले ईःलाई दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । ओलीले बालेनको घमण्ड बढेको संकेत गर्दै त्यसले बिगार्ने बताए ।सोमबार नेकपा एमाले बाग्मती प्रदेश प्रथम अधिवेशनमा अध्यक्ष ओलीले समस्या बल्झाएर कोही पनि सफल नहुने बताए ।
![कोशीमा मन्त्रिपरिषद् विस्तार, यी हुन् मन्त्री [सूची]](https://newsgriha.com/uploads/posts/koshi-gov-nepal1688307384.jpg)
कोशीमा मन्त्रिपरिषद् विस्तार, यी हुन् मन्त्री [सूची] सोमबार, असोज ८, २०८० कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् ।खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीमा बुद्धिकुमार राजभण्डारी र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लीलाबल्लभ अधिकारी नियुक्त भएका छन् ।

राजनीतिक ध्रुवीकरणका माध्यमले पार्टीलाई बलियो शक्ति बनाउनुपर्छ : महासचिव पोखरेल सोमबार, असोज ८, २०८० नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले राजनीतिक ध्रुवीकरणका माध्यमबाट बलियो राजनीतिक शक्तिका रूपमा आफूलाई सुदृढ गर्न आवश्यक भएको बताएका छन् ।

सरकारलाई केपी ओलीको प्रश्न— एकथरी शिक्षकको माग सम्बोधन हुने, अर्कोको नहुने ? सोमबार, असोज ८, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बाग्मती प्रदेश प्रथम अधिवेशनमा एकथरी शिक्षकको माग सम्बोधन हुने र अर्कोको नहुने ? भन्दै प्रश्न गरेका छन् ।उनले सरकारलाई शिक्षकसँग चलाखी नगर्न आग्रह गरे । शिक्षा मन्त्रालयमा वार्ता नहुने, गृह मन्त्रालयमा वार्ता हुने र एकथरी शिक्षकको माग सम्बोधन हुने र अर्कोको नहुने...

२४ विधामा लोकदोहोरी अवार्ड प्रदान गरिने सोमबार, असोज ८, २०८० राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले आठौं राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८० को आयोजना गरेको छ ।सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उपत्यका समन्वय समितिले कार्यक्रम आयोजनाबारे जानकारी गराएको हो ।कार्यक्रम आगामी असोज ११ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ । उक्त अवार्ड २४ वटा विधामा वितरण...

नेपाल साफ यू–१९ फुटबलको सेमिफाइनलमा सोमबार, असोज ८, २०८० नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोलले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।नेपालको जितका लागि प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे । प्रशान्तले १६औं मिनेटमा गरेको लङ रेञ्ज प्रहार गोलमा परिणत भएको थियो ।

प्रधानमन्त्री दाहाल भन्छन्— डिजिटल नेपाल बनाउने सपना छ सोमबार, असोज ८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताएका छन् ।









