News Griha :: न्यूजगृह
कोशीमा मन्त्रिपरिषद् विस्तार, यी हुन् मन्त्री  [सूची]

विराटनगर— कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत  कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् ।

खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीमा बुद्धिकुमार राजभण्डारी र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लीलाबल्लभ अधिकारी नियुक्त भएका छन् ।

त्यस्तैगरी उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्रीमा रामप्रसाद मेहता र आर्थिक मामिला तथा योजनामन्मा निरन राई नियुक्त भएका छन् । यससँगै कोशी सरकारमा मन्त्रीको संख्या ९ पुगेको छ ।

koshi1695639593.jpg

 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:४१
Weather Update