News Griha :: न्यूजगृह
राजनीतिक ध्रुवीकरणका माध्यमले पार्टीलाई बलियो शक्ति बनाउनुपर्छ : महासचिव पोखरेल

काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले राजनीतिक ध्रुवीकरणका माध्यमबाट बलियो राजनीतिक शक्तिका रूपमा आफूलाई सुदृढ गर्न आवश्यक भएको बताएका छन् ।

नेकपा एमाले बाग्मती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकलाई अगाडि बढाउन धेरै राजनीतिक दलहरू होइन, बलिया राजनीतिक दलहरूको आवश्यकता भएको भन्दै त्यसको लागि एमालेले आफूलाई सुदृढ गर्नुपर्ने बताए ।

उनले भने,‘हामीले २८ जनाभन्दा बढी प्रधानमन्त्रीहरू बेहाेरेको अवस्थामा एउटा प्रधानमन्त्रीले राम्रोसँग काम गर्न नपाउने अवस्थाबाट आएका छौं । त्यसैले मुलुकलाई अब अगाडि बढाउने हो भने धेरै राजनीतिक दलहरू होइन,बलिया राजनीतिक दलहरूको आवश्यकता छ । त्यस अर्थमा हाम्रो पार्टी नेकपा एमालेले राजनीतिक ध्रुवीकरणका माध्यमबाट बलियो राजनीतिक शक्तिका रूपमा आफूलाई सुदृढ गर्ने अभियानमा जुटिरहेका छौं ।’

उनले नेकपा एमालेले आफूलाई सुदृढ गरेर अगाडि बढ्न सकेन भने नेपाली जनताको अवस्था सुधार हुन नसक्ने भन्दै त्यसको लागि एमाले बलियो हुनुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:२३
Weather Update