News Griha :: न्यूजगृह
नेपाल साफ यू–१९ फुटबलको सेमिफाइनलमा

काठमाडौं— नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोलले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालको जितका लागि प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे । प्रशान्तले १६औं मिनेटमा गरेको लङ रेञ्ज प्रहार गोलमा परिणत भएको थियो ।

यस्तै २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए । माल्दिभ्सले भने ५७औँ मिनेटमा १ गोल गर्‍यो । ८८औं मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ४—१ ले जिताए ।

सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १५:३३
Weather Update