सुनचाँदीको मूल्य सोमबार स्थिर सोमबार, असोज ८, २०८०

एसियाली खेलकुदमा अञ्जलीले कस्तो प्रदर्शन गरिन् ? सोमबार, असोज ८, २०८० नेपालकी अञ्जली तामाङले १९औँ एसियाली खेलकुदको तेक्वान्दोमा सोमबार मिश्रित प्रदर्शन गरेकी छिन् । लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा भएको महिला ४९ केजीमुनि अञ्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरिन् ।

राहत—ईसीडी शिक्षक आन्दोलित, के हुन् माग ? सोमबार, असोज ८, २०८० संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन माग गर्दै राहत र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।सरकार र शिक्षक महासंघबीच भएको सहमतिले आफूहरूको माग सम्बोधन नभएको राहत र ईसीडी शिक्षकको भनाइ छ ।

राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरमा पूजा सोमबार, असोज ८, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका छन् ।सोमबार उनले जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन् ।

प्रधानमन्त्री दाहाललाई चीनमा गार्ड अफ अनर सोमबार, असोज ८, २०८० चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ग्रेट हल अफ दि पिपलमा चिनियाँ सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।

शिक्षा विधेयकमा संशोधन सुझाव तीन दिनभित्र पठाउन परिषद्को अनुरोध सोमबार, असोज ८, २०८० देशभरका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको साझा संस्था नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक संशोधनका लागि विद्यालय कर्मचारीहरुसँग आवश्यक राय सुझाव माग गरेकाे छ ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता सोमबार, असोज ८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटपछि बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले आजै चीनका समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सल्यानमा जीप दुर्घटना, दुई जनाको मृत्यु सोमबार, असोज ८, २०८० सल्यानमा तरकारी बोकेको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते छन् । रोल्पाबाट दाङ तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।

कहाँ–कहाँ छ वर्षाको सम्भावना ? सोमबार, असोज ८, २०८० हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

आज एकादशी व्रत, आफ्नो राशिफल हेर्नुस् सोमबार, असोज ८, २०८० असोज ८ गते सोमबार । भदौ शुक्ल दशमी तिथि । पञ्चाङ्ग अतिगंड गर उत्तरषाढा । हरिपरिवर्तिनी एकादशी व्रत । राशिफल हेर्नुस् ।

विश्व पर्यटन दिवसमा पोखरामा सडक महोत्सव आइतबार, असोज ७, २०८० आइतबार पत्रकार सम्मेलन गरेर पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोना महामारीका कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन लागिएको जानकारी दिए ।

सुन तस्करी प्रकरण अनुसन्धान गर्ने आयोग बनाउन दलहरूबीच जुटेन सहमति आइतबार, असोज ७, २०८० आइतबार बसेको सर्वदलीय बैठकमा सहमतिअनुसार आयोग गठन गर्नुको साटो सरकारले छलफल थालेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो आयोगको क्षेत्राधिकारका विषयमा अडान छाडेको छैन । यही कारण छलफलमा सहमति जुट्न नसकेको हो ।

माग पूरा नभए सामूहिक आत्मदाह गर्ने पूर्वमाओवादी लडाकुहरूको चेतावनी आइतबार, असोज ७, २०८० पूर्वमाओवादी लडाकुहरूले सरकारले आफ्ना समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार सिंहदरबारमा भेटेर उनीहरूले आफ्ना समस्या सरकारले सम्बोधन नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।









