News Griha :: न्यूजगृह
एसियाली खेलकुदमा अञ्जलीले कस्तो प्रदर्शन गरिन् ?

काठमाडौं— नेपालकी अञ्जली तामाङले १९औँ एसियाली खेलकुदको तेक्वान्दोमा सोमबार मिश्रित प्रदर्शन गरेकी छिन् ।

लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा भएको महिला ४९ केजीमुनि अञ्जलीले पहिलो चरणमा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरिन् ।

पहिलो राउन्डमा ७–७ को बराबरी खेलेकी अञ्जलीले दोस्रो राउन्डमा १०–४ अंकले आफ्नो पक्षमा पार्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।

प्रिक्वाटरफाइनलमा भने अञ्जली थाइल्यान्डकी पानीपक वोङपातान्कितसँग चुकिन् । अञ्जली १२–० र १०–० ले पछि परिन् ।

पुरुष ५८ केजीमुनि नेपालका राहुल कुमाल पहिलो चरणमा साउदी अरबियाका नासिर अहमदी रियादसँग ४–१२ र २–० ले हारे ।

तेक्वान्दोको पहिलो दिन एकल पुम्सेको पुरुषमा प्रेमबहादुर लिम्बू र महिलामा स्वस्तिका तामाङ पराजित भएका थिए ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ११:२९
Weather Update