News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीबीच भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटपछि बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डले आजै चीनका समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । हाङझावमा एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक भइ प्रधानमन्त्री प्रचण्ड आइतबार बेइजिङ पुगेका थिए ।

त्यसअघि हाङझावमा राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता भएको थियो । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०८:३९
Weather Update