News Griha :: न्यूजगृह
महोत्तरीमा ६ लाख ३६ हजार रुपैयाँ लुटियो 
महोत्तरीमा ६ लाख ३६ हजार रुपैयाँ लुटियो  महोत्तरीमा बैंकबाट पैसा निकालेर घर फर्किन लागेको एक दम्पतीमाथि लुटपाट भएको छ। गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो र उनकी श्रीमती बैंकबाट पैसा झिकेर फर्किँदै गर्दा ६ लाख ३६ हजार रुपैयाँ अज्ञात व्यक्तिले लुटेको प्रहरीले जनाएको छ। 
डा. भक्तमान श्रेष्ठ अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ
डा. भक्तमान श्रेष्ठ अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आइतबार पक्राउ परेका छन् ।
प्रचण्डविरुद्धको अवहेलना मुद्दाको बहस सात वर्षपछि सकियो, निर्णय भने आगामी मङ्सिरमा 
प्रचण्डविरुद्धको अवहेलना मुद्दाको बहस सात वर्षपछि सकियो, निर्णय भने आगामी मङ्सिरमा  द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
पेस्तोलसहित धरानबाट एक जना पक्राउ
पेस्तोलसहित धरानबाट एक जना पक्राउ पक्राउ पर्नेमा धरान उपमहानगरपालिका– १४ विजयपुर बस्ने ३९ वर्षीय अमनध्वज कार्की छन् । प्रहरीले उनको साथबाट १ थान एयर गन पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
उच्चस्तरीय आयोगको मस्यौदा तयार, एमाले भन्छ— आयोग बनाउन ढिला गरे प्रश्न उठ्छ
उच्चस्तरीय आयोगको मस्यौदा तयार, एमाले भन्छ— आयोग बनाउन ढिला गरे प्रश्न उठ्छ नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले उच्चस्तरीय छानबिन आयोग बनाउन जति ढिला गर्छ त्यति नै सरकारप्रति प्रश्न उठ्ने बताएका छन् ।आइतबार बसेको सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्तारूढ दलको छलफल केही सकारात्मक भएको र आफूहरूले राखेका कुराहरू पनि सुशासनको पक्षमा रहेको बताएका छन् ।उनले भने,‘हामीले भने अनुसार...
सुन तस्करी प्रकरणमा नेताहरूमाथि गहिरो अनुसन्धान भएन : रवि लामिछाने
सुन तस्करी प्रकरणमा नेताहरूमाथि गहिरो अनुसन्धान भएन : रवि लामिछाने सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणको अनुसन्धान भद्दा मजाकजस्तो देखिएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधि सभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेताहरुमाथि गहिरो अनुसन्धान नभएको भन्दै अनुसन्धान हेर्दा भद्दा मजाकजस्तो देखिएको बताएका हुन् ।
शिक्षा विधेयकमा सहमति नभए प्रक्रियाबाट टुंग्याइन्छ : सभामुख घिमिरे
शिक्षा विधेयकमा सहमति नभए प्रक्रियाबाट टुंग्याइन्छ : सभामुख घिमिरे सभामुख देवराज घिमिरेले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई अगाडि बढाउन ‘सभामुखीय भूमिका’ निर्वाह गर्ने बताएका छन् ।
संसदीय समितिमा सरोकारवालाले भने— पर्याप्त गृहकार्यबिनै शिक्षा विधेयक ल्याइयो
संसदीय समितिमा सरोकारवालाले भने— पर्याप्त गृहकार्यबिनै शिक्षा विधेयक ल्याइयो राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा सरकारले शिक्षा क्षेत्रका सरोकार भएका पक्षसँग पर्याप्त गृहकार्य नगरी विद्यालय शिक्षासम्बन्धी विधेयक ल्याएकामा टिप्पणी गरिएको छ ।आजको बैठकमा समितिका सभापति प्रकाश पन्थले शिक्षा क्षेत्रका सरोकारवाला पक्षसँग छलफलसहित सार्वजनिक शिक्षाको गुणस्तरवृद्धि र संविधानको मौलिक हक कार्यान्वयनका लागि सरकार र सम्बन्धित निकाय सचेत हुनुपर्ने...
सुन प्रकरणको गहिर्‍याइमा पुग्न प्रहरीलाई बारम्बार निर्देशन दिइएको छ : गृहमन्त्री श्रेष्ठ
सुन प्रकरणको गहिर्‍याइमा पुग्न प्रहरीलाई बारम्बार निर्देशन दिइएको छ : गृहमन्त्री श्रेष्ठ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका सम्बन्धमा प्रहरी अनुसन्धान ब्युरोलाई सम्पूर्ण स्वतन्त्रतासहित आफ्नो सम्पूर्ण कार्यक्षमता प्रदर्शन गर्न र गहिर्‍याइमा पुग्न बारम्बार निर्देशन दिइएको बताएका छन् ।प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले अनुसन्धान गर्ने क्रममा तथ्य र प्रमाणले जहाँसम्म देखाउँछ त्यहाँसम्म पुगेर अनुसन्धान गर्न जोड दिइएको...
राष्ट्र बैंकले सार्वजनिक गर्‍यो गाईको चित्रअंकित सिक्का
राष्ट्र बैंकले सार्वजनिक गर्‍यो गाईको चित्रअंकित सिक्का नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधी उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ ।
दोहोरो अंकले घट्यो नेप्से
दोहोरो अंकले घट्यो नेप्से नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अंकले घटेर दुई हजार दस दशमलव ३५ अंक कायम भएको छ ।आज दुई सय ८५ कम्पनीको ९० लाख तीन हजार नौ सय ४१ कित्ता शेयर ८१ हजार १० पटक खरिदबिक्री हुँदा दुई...
कोशी प्रदेशमा राजनीतिक अस्थिरता देखियो, नयाँ समीकरण बनाऔं : भीम पराजुली
कोशी प्रदेशमा राजनीतिक अस्थिरता देखियो, नयाँ समीकरण बनाऔं : भीम पराजुली नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले कोशी प्रदेशमा राजनीतिक अस्थिरता देखिएकोले नयाँ समीकरण बनाएर स्थिरता दिनुपर्ने बताएका छन् ।
Weather Update