फेरि किन स्थगित भयो सन्दीपविरुद्धको मुद्दा ? आइतबार, असोज ७, २०८०

बैंकका कर्मचारीको तालमा डुबेर मृत्यु आइतबार, असोज ७, २०८० माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

देउवालाई प्रदीप पौडेलले भने— प्रधानमन्त्रीकहाँ गएर यो–यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्यो आइतबार, असोज ७, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काम गर्न निर्देशन दिनुपर्ने बताएका छन् ।ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवालाई ध्यानाकर्षण गर्दै पौडेलले प्रधानमन्त्रीलाई काम गर्न आग्रह गर्नुपर्ने बताए ।

सुत्केरीलाई कुखुरा वितरण आइतबार, असोज ७, २०८० भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो ।यो अभियानअन्तर्गत सबै छवटै वडाका गर्भवती तथा सुत्केरीलाई एउटा भाले, दुई वटा पोथी कुखुरा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

‘शिक्षक महासंघसँगका सहमति कार्यान्वयन गराउने जिम्मा सांसदको’ आइतबार, असोज ७, २०८० शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेपाल शिक्षक महासंघसँग भएका सहमति कार्यान्वयन सांसदको हातमा रहेको बताएका छन् ।शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) को २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री राईले संसदमा दर्ता भइसकेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा सम्बोधन हुनुपर्ने विषय संसद्ले गर्ने स्पष्ट गरे ।

वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध, सयौँ यात्रु सडकमै आइतबार, असोज ७, २०८० दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैराखोलामा आएको बाढीले बाग्लुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो ।

दमकमा ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुँदै आइतबार, असोज ७, २०८० दमक नगरपालिका–९ दमकस्थित कदम थिएटरमा ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुने भएको छ । साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथामा आधारित सो नाटक यही असोज १२ गते मञ्चन हुन लागेको हो ।
१९औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाट बाहिरियो आइतबार, असोज ७, २०८० १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समूहचरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो ।

प्रधानसेनापति शर्मा आज भारत जाँदै आइतबार, असोज ७, २०८०

नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आजबाट आइतबार, असोज ७, २०८० नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आजबाट सुरु हुने भएको छ । नेपाली कांग्रेसको भातृ संस्थाका रुपमा रहेको संघको महाअधिवेशन आज र भोलि काठमाडौंको राष्ट्रिय सभागृहमा हुन लागेको हो ।

नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्न प्रधानमन्त्री बेइजिङ जाँदै आइतबार, असोज ७, २०८० चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बेइजिङ जाने भएका छन् । उनी बेइजिङमा आयोजना हुने नेपाल–चीन व्यापार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्न जान लागेका हुन् ।

ईसीडी, राहत र पेन्सन वञ्चित शिक्षकको आन्दोलन थप सशक्त बन्दै आइतबार, असोज ७, २०८० ईसीडी, राहत र पेन्सन वञ्चित शिक्षकले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै जारी आन्दोलनलाई आजदेखि थप सशक्त बनाउने भएका छन् ।शनिबार नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समिति, नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन वञ्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन्...

आजको फलफूल तथा हरियो तरकारीको मूल्य आइतबार, असोज ७, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ४५ रुपैयाँ, भारतीय ठूलो गोलभँेडा पनि ६५, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम...









