News Griha :: न्यूजगृह
प्रधानसेनापति शर्मा आज भारत जाँदै

काठमाडौं— नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदै छन् ।

असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने १३औं संस्करणको  ‘इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स’ मा सहभागी हुन उनी भारतको राजधानी नयाँ दिल्ली जान लागेको सेनाले जनाएको छ ।

सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिको सहभागीता रहने छ । सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०९:५४
Weather Update