News Griha :: न्यूजगृह
दाङमा दिनदहाडै खुकुरी प्रहार गरी एक महिलाको हत्या 
दाङमा दिनदहाडै खुकुरी प्रहार गरी एक महिलाको हत्या  शनिबार दिउँसो २ बजेतिर तुलसीपुर उपमहानगरपालिका- ११ बेलटाकुराका ४३ वर्षीया रिता लामिछानेको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।  घटनामा संलग्न ४२ वर्षीय टेकबहादुर हमाललाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति चिनफिङबीच भेट
प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति चिनफिङबीच भेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ । राष्ट्रपति चिनफिङले हाङझाउमा आयोजना गरेको दिवाभोजमा उनीहरुबीच संक्षिप्त भेट भएको हो । उनीहरूबीच द्विपक्षीय भेटवार्ता ४ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागि हुनेछन् ।
प्रहरी कुट्ने तीनजना पक्राउ
प्रहरी कुट्ने तीनजना पक्राउ इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका–७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल र विष्णु कटुवाल पक्राउ परेका हुन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक धनश्याम श्रेष्ठका अनुसार हातपातबाट इप्रका बानाका प्रहरी हवल्दार सन्तोष राई घाइते छन् ।
क्यानको अधिवेशनमा मतदान सुरु
क्यानको अधिवेशनमा मतदान सुरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भइसकेका छन् । तर सचिव पदमा पूर्वकप्तान पारस खड्का र कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा छ ।
एसियाली खेलकुदको उद्‌घाटन आज, समारोह २ घण्टा चल्ने
एसियाली खेलकुदको उद्‌घाटन आज, समारोह २ घण्टा चल्ने आयोजकका अनुसार उद्घाटन समारोह १ सय २० मिनेटसम्म चल्नेछ । समारोहमा विभिन्न देशका खेलाडीहरूले मार्च पास गर्नेछन् । मार्च पासमा नेपालको झण्डा तेक्वान्दो खेलाडी वीरबहादुर महरा र उसु खेलाडी नीमा घर्तिमगरले बोक्नेछिन् ।
शेखर कोइरालाले भेटे नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित खाणलाई
शेखर कोइरालाले भेटे नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित खाणलाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन् । शनिबार बिहान केन्द्रीय कारागार सुन्धारा पुगेर नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा रहेका खाणलाई भेटेका हुन् ।
गुरुकुलमा अनुशासनसँगै व्यावहारिक ज्ञान
गुरुकुलमा अनुशासनसँगै व्यावहारिक ज्ञान नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–८ का सुजन अधिकारी ज्योतिष बन्ने चाहनाले गुरुकुलमा भर्ना भए । गैँडाकोट–१ मा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलमा कक्षा ८ मा अध्ययन गर्ने सुजनले अहिले आफूमा नियमको पालनासँगै अनुशासनको विकास भएको बताए ।
अध्यक्ष नेपाल भन्छन्— विद्यमान निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन
अध्यक्ष नेपाल भन्छन्— विद्यमान निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने धारणा राखेका छन् ।समाजवादी पेसागत कानुन व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै अध्यक्ष नेपालले विद्यमान निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउन नसक्ने भएकाले स्थिरता कायमका लागि निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने बताए ।
शिक्षक घर फर्कंदै, छुटेको कक्षा बिदामा पढाइने
शिक्षक घर फर्कंदै, छुटेको कक्षा बिदामा पढाइने नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ ।महासंघकी अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आज जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ ।
चीनमा यस्तो छ प्रधानमन्त्रीको साताव्यापी कार्यक्रम
चीनमा यस्तो छ प्रधानमन्त्रीको साताव्यापी कार्यक्रम भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री दाहालले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । यसैगरी उनले चीनस्थित नेपाली राजदूताबासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
नेपाली सेनाले दियो विद्यार्थीलाई वन्यजन्तु संरक्षणसम्बन्धी शिक्षा
नेपाली सेनाले दियो विद्यार्थीलाई वन्यजन्तु संरक्षणसम्बन्धी शिक्षा बाँकेको राप्तिसोनारी गाउँपालिका–८ ओभरीस्थित बाँके राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाले विद्यार्थीलाई प्रकृति र वनयजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गराएको छ ।शुक्रबार निकुञ्ज संरक्षणमा रहेको अर्जुनवाण गणको संयोजनमा निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गत रहेका पाँच विद्यालयका छात्रछात्रालाई  प्रकृति र वन्यजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गराएको हो ।कार्यक्रममा सहभागी...
Weather Update