प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति चिनफिङबीच भेट

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ ।
राष्ट्रपति चिनफिङले हाङझाउमा आयोजना गरेको दिवाभोजमा उनीहरुबीच संक्षिप्त भेट भएको हो ।
उनीहरूबीच द्विपक्षीय भेटवार्ता ४ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागि हुनेछन् ।
प्रकाशित मिति: शनिबार, असोज ६, २०८० १५:४२