प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच औपचारिक भेटवार्ता [तस्बिरहरू]
![प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच औपचारिक भेटवार्ता [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/prachanda-xi 31695465020.jpg)
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेटवार्ता भएको छ।
शनिबार दिउँसो हाङझाउमा राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री प्रचण्डबीच औपचारिक भेटवार्ता भएको हो। नेपालबाट हाङ्झाव पुगेका प्रतिनिधि मण्डल र चीनका अधिकारीहरू पनि औपचारिक भेटवार्तामा सहभागी भएका छन्।
भेटवार्तापछि प्रधानमन्त्री १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागि हुनेछन् । आइतबार प्रधानमन्त्री प्रचण्ड हाङझाउबाट बेइजिङ जानेछन्।
बेइजिङमा उनले समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्नेछन् ।
प्रकाशित मिति: शनिबार, असोज ६, २०८० १६:१४