News Griha :: न्यूजगृह
दाङमा दिनदहाडै खुकुरी प्रहार गरी एक महिलाको हत्या 

दाङ— तुलसीपुरमा दिनदहाडै खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ ।

शनिबार दिउँसो २ बजेतिर तुलसीपुर उपमहानगरपालिका- ११ बेलटाकुराका ४३ वर्षीया रिता लामिछानेको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।  घटनामा संलग्न ४२ वर्षीय टेकबहादुर हमाललाई प्रहरीले पक्राउ गरेको छ ।

खुकुरी प्रहारबाट स्थानीय ६५ वर्षीया चन्द्रकुमारी हमाल र उनका ४५ वर्षीय छोरा वीरबहादुर गम्भीर घाइते छन् । उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।  

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १५:५०
Weather Update