सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै आइतबार, असोज ७, २०८०

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असोज ७, २०८० हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले...

यस्तो छ आइतबार तपाईंको राशिफल आइतबार, असोज ७, २०८० असोज ७ गते आइतबार । भदौ शुक्ल नवमी तिथि । पञ्चाङ्ग शोभन कौलव पूर्वाषाढा ।
एसियाली खेलकुदको १९ औँ संस्करणको भव्य उद्घाटन [तस्बिरसहित] शनिबार, असोज ६, २०८० १९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरू सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन शनिबार भएको हो । एसियाडमा टेबल टेनिस लगायत अन्य केही खेलको प्रतिस्पर्धा पनि सुरु भइसकेको छ । शनिबार भने टेबल टेनिस र सेलिङका केही खेलहरू भएका थिए ।
1695477759.png)
क्यानको सचिवमा निर्वाचित भएपछि पारसको प्रतिक्रिया : घरेलु क्रिकेटको संरचना निर्माणमा ध्यान दिन्छु शनिबार, असोज ६, २०८० शनिबार भएको निर्वाचनको मतगणनापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खड्काले, अब आफ्नो पहिलो प्राथमिकता घरेलु क्रिकेटको संरचनामा जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने भन्ने रहेको बताएका हुन् ।

यस्तो छ क्रिकेट संघको नयाँ टीम शनिबार, असोज ६, २०८० नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वको चयन भएको छ । अध्यक्षमा चतुरबहादुर चन्दसहित तीन पदाधिकारी र तीन केन्द्रीय सदस्य निर्विरोध भएपनि अन्य पदका लागि भएको निर्वाचनले एक सचिव र १० केन्द्रीय सदस्य चुनेको हो । सचिवमा पारस खड्काले जित हासिल गर्दा उनका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्ल ११ मतले पराजित भए ।

नेपाली क्रिकेटलाई भारत र पाकिस्तानको उचाइमा पुर्याउने चुनौती छ : नवनिर्वाचित अध्यक्ष चन्द शनिबार, असोज ६, २०८० क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चुनिएपछि चन्दले सञ्चारकर्मीसँग सरकारले क्रिकेटको विकासका लागि सरकारले भौतिक संरचनामा ध्यान दिएर अगाडि बढ्न आवश्यक रहेको बताए ।

चप्पल कारखानामा आगलागी, एक करोडको क्षति शनिबार, असोज ६, २०८० गएराति विद्युत् सर्ट भई आगलागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर करिब ९३ लाख २० हजार बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको चन्द्रागिरिका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले बताए ।

विप्लवले दिए फेरि युद्ध लड्ने चेतावनी शनिबार, असोज ६, २०८० नेकपा महासचिव नेत्र बिक्रम चन्द (विप्लव)ले तत्कालीन विद्रोहमा सामेल भएकाहरूलाई अपराधिकरण गरे फेरि युद्ध लड्ने चेतावनी दिएका छन् । काठमाडौंमा शनिबार भएको एक कार्यक्रममा उनले परिवर्तनका लागि लड्नेहरूलाई दोषारोपण गरे फेरि लड्न तयार रहेको चेतावनी दिएका छन् ।

साफ यू–१९ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनलमा शनिबार, असोज ६, २०८० शनिबार दशरथ रङ्गशालामा भएको खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै पाकिस्तान सेमिफाइनल प्रवेश गरेको हो । माल्दिभ्सले, खेलको ३९ औं मिनेटमा सानन रसिद रसादको गोलबाट अग्रता लिएपनि खेल सकिन ६ मिनेट अघि पाकिस्तानका साह जहानले गोल गर्दै पाकिस्तानलाई बराबरीमा ल्याएका थिए ।

क्यान सचिवमा पारस खड्का विजयी शनिबार, असोज ६, २०८० नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । प्रतिस्पर्धी प्रशान्तविक्रम मल्ललाई पछि पार्दै पारस सचिव निर्वाचित भएका हुन् ।

क्यान मतगणना अपडेट : सचिवमा पारस खड्का ८ मतले अगाडि शनिबार, असोज ६, २०८० पदाधिकारीमध्ये अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनबहादुर सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्वारोध भएका छन् । सचिवमा भने पूर्व कप्तान पारस खड्का र प्रशान्त विक्रम मल्लबीच प्रतिस्पर्धा भएको थियो ।

क्यान निर्वाचनको मतगणना जारी, सचिवमा पारस र प्रशान्तबीच कडा प्रतिस्पर्धा शनिबार, असोज ६, २०८० नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना भइरहेको छ ।









