News Griha :: न्यूजगृह
सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं—  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।

गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।

 ‘अब जे जति तन्काएपनि मगाउनुपर्ने विवरण र कागजात केही पनि बाँकी छैन,’ जिल्ला अदालत स्रोतले भन्यो, ‘सम्भवतः अबको सुनुवाइले निरन्तरता पाएर मुद्दालाई टुंगोमा पुर्याउला ।’

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०८:३६
Weather Update