नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न परिसंघ र सीसीपीआईटीबीच समझदारी आइतबार, असोज ७, २०८०
पार्टी सञ्चालनको पुरानो ढर्राले नयाँ पुस्तालाई समेट्न सकिँदैन : विनोद चौधरी आइतबार, असोज ७, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टी सञ्चालनको पुराना ढर्राले नयाँ पुस्तालाई समेट्न नसकिने बताएका छन् ।आइतबार केन्द्रीय कार्यसमितिको बैठकमा चौधरीले अबको निर्वाचनमा देशभित्रै २० लाख युवा मतदाता थपिने बताउँदै पुरानो ढर्राले उनीहरूलाई समेट्न नसकिने बताए ।

नेपाली शब्दकोशबाट ‘ॐ’ हटाइँदैछ : शंकर भण्डारी आइतबार, असोज ७, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली शब्दकोशबाट ‘ॐ’ शब्द हटाउन लागिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।उनले आफूले पाएको सूचनाअनुसार ‘ॐ’ शब्द हटाउन लागिएको भन्दै त्यस कार्यलाई तत्काल रोक्न सरकारलाई निर्देशन दिनुपर्ने बताए ।

प्रधानसेनापति शर्मा भारत प्रस्थान आइतबार, असोज ७, २०८० नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् ।

उत्पादनमा कमी आएपछि बाग्लुङका स्याउ किसान निराश आइतबार, असोज ७, २०८० बाग्लुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरकाे स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् ।उनले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गरे तर यसपटक भने उनको स्याउ बगान रित्तै छ । गत चैत...

बाराको सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, असोज ७, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माणवापतको रकम उपभोक्ता समितिलाई दिने क्रममा अनियमितता गरेको आरोपमा अख्त्यिारले मरासेनी र चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो...

बाजुरामा अझै चामल अभाव आइतबार, असोज ७, २०८० दुई सातादेखि चामल अभाव रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्तडीमा शनिबार दुई सय क्विन्टल चामल पुर्याइएको छ । कम्पनीको हिमाली गाउँपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट बिक्री केन्द्रमा भने अझै चामल अभाव छ ।

कप्तान पौडेल भन्छन्— सरकारले दिने भनेको पुरस्कार अझै पाएनौं आइतबार, असोज ७, २०८० नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले दिने भनेको पुरस्कार अझै नपाएको बताएका छन् ।

एसियाडका लागि क्रिकेट खेलाडीको बिदाइ, काे–काे छन् टोलीमा ? आइतबार, असोज ७, २०८० नेपाल क्रिकेट संघ (क्यान) ले चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ ।
प्रहरी समायोजनसहितका कानुन नबन्दासम्म प्रदेश सरकारको औचित्य छैन : मुख्यमन्त्री पाण्डे आइतबार, असोज ७, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले संविधानमा कल्पना गरिएअनुसार प्रदेशमा कानुन बनाउन नसकिएको बताएका छन् ।जारी केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पाण्डेले कानुन बनाउने रुचि विगतका र अहिलेका सरकारमा नदेखिएको बताए ।

बेइजिङ पुगे प्रचण्ड, नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने आइतबार, असोज ७, २०८० चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार बेइजिङ आइपुगेका छन् ।चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङझाउ आइपुगेका प्रधानमन्त्री दाहाल स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ आइपुगेका हुन् ।

बढ्यो सुनचाँदीको मूल्य आइतबार, असोज ७, २०८० नेपाली बजारमा आइतबार एक तोला सुनको मूल्य एक लाख १२ हजार दुई सय पुगेको छ । शुक्रबार १ लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आयरल्याण्ड भ्रमण सकेर स्वदेश फर्किए सभामुख आइतबार, असोज ७, २०८० सभामुख देवराज घिमिरेले नेपाल र आयरल्याण्डको संसदबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने र आपसी सम्बन्ध थप विकास गर्ने विषयमा छलफल भएको बताएका छन् ।आयरल्याण्डको औपचारिक भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले दुवै राष्ट्रहरूलाई फाइदा हुने हिसाबमा सहकार्यका धारणाहरूलाई विकास गर्नेलगायत विविध विषयमा छलफल भएको जानकारी दिए ।









