News Griha :: न्यूजगृह
कप्तान पौडेल भन्छन्— सरकारले दिने भनेको पुरस्कार अझै पाएनौं

काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले दिने भनेको पुरस्कार अझै नपाएको बताएका छन् ।

एसियाड गेम्समा भाग लिन आइतबार चीन जानुअघि काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान पौडेलले सो कुरा बताएका हुन् ।

उनले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताए । एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको उनको भनाइ छ ।

एसियन गेम्सलाई लिएर सबैजना उत्साहित रहेको उल्लेख गर्दै उनले आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १२:५४
Weather Update