News Griha :: न्यूजगृह
क्यान सचिवमा पारस खड्का विजयी

काठमाडौं— नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । प्रतिस्पर्धी प्रशान्तविक्रम मल्ललाई पछि पार्दै पारस सचिव निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार पारसले ४८ मत प्राप्त गरे भने प्रशान्तले ३७ मत प्राप्त गरे । 

दुई वर्षअघि क्रिकेटको व्यवस्थापनमा आउने उद्घोषसहित पारसले सक्रिय क्रिकेटबाट सन्यास लिएका थिए । क्रिकेटबाट सन्यास लिएको दुई वर्ष मै पारस क्रिकेटको मुख्य पदमा निर्वाचित भएका हुन् । 

प्रशान्त क्यानका पूर्व कार्यवाहक सचिव थिए । विवादास्पद नेपाल टी-ट्वान्टी लिगको आयोजना पश्चात उनले सचिव पदबाट राजीनामा दिएका थिए ।

क्यानको अध्यक्षमा चुतरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित रहे । 

महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैयाँ निर्विरोध रहे । 

-अपडेट गरिएको 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १७:१५
Weather Update