News Griha :: न्यूजगृह

काठमाडौं— नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित सचिव पारस खड्काले, घरेलु क्रिकेटको संरचना निर्माण पहिलो प्राथमिकता रहने बताएका छन् । 

शनिबार भएको निर्वाचनको मतगणनापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खड्काले, अब आफ्नो पहिलो प्राथमिकता घरेलु क्रिकेटको संरचनामा जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने भन्ने रहेको बताएका हुन् । 

Prabhu Bank

उनले भने, ‘नेपाल क्रिकेट संघ जस्तो पदाधिकारी भएर सचिव जस्तो पदमा नियुक्ति हुँदा मेरो एउटा मात्र सोच विचार भनेको, घरेलु क्रिकेटको संरचनामा जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने भन्ने ठूलो ध्यान पुर्‍याउनु पर्छ । ’ 

उनले क्रिकेट क्षेत्रको भौतिक विकासको लागि ठूलो इतिहास बोकेको त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदानलाई व्यवस्थित गर्नुपर्ने टिप्पणी गरे । उनले भने,  ‘हामी सँग २ वटा अन्तराष्ट्रिय क्रिकेट मैदान छन् । त्यसमा पनि पहिलो प्राथमिकता त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदान ठूलो इतिहास बोकेकाले यसलाई हामीले व्यवस्थित गर्ने हो भने नयाँ भौतिक पूर्वाधार निर्माणको सुरुवात हुन्छ ।’

जिल्ला र प्रदेश बलियो नभई केन्द्र बलियो नहुने उनको भनाइ छ।


 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १९:४६
राजनीति
विशेष
Weather Update