केन्द्रीय कार्यसमिति बैठक
देउवालाई प्रदीप पौडेलले भने— प्रधानमन्त्रीकहाँ गएर यो–यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्यो

काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काम गर्न निर्देशन दिनुपर्ने बताएका छन् ।
ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवालाई ध्यानाकर्षण गर्दै पौडेलले प्रधानमन्त्रीलाई काम गर्न आग्रह गर्नुपर्ने बताए ।
बैठकमा उनले भने,‘सभापतिले प्रधानमन्त्रीकहाँ गएर यो–यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्यो । गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन ।’ कांग्रेस सरकारमा बसेकोले पार्टी पनि लोकप्रिय हुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो ।
‘हाम्रा कुनै पनि साथी (मन्त्री) ले राम्रो काम गरे भनेर मैले भाषण गर्न पाइनँ,’ उनले भने,‘सरकारमा बस्नुमात्र उपलब्धि होइन ।’
प्रकाशित मिति: आइतबार, असोज ७, २०८० १०:४९