News Griha :: न्यूजगृह
बैंकका कर्मचारीको तालमा डुबेर मृत्यु

चितवन— माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबीआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए ।

दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ११:०५
Weather Update