कांग्रेस बैठक
कोशी प्रदेशमा राजनीतिक अस्थिरता देखियो, नयाँ समीकरण बनाऔं : भीम पराजुली
काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले कोशी प्रदेशमा राजनीतिक अस्थिरता देखिएकोले नयाँ समीकरण बनाएर स्थिरता दिनुपर्ने बताएका छन् ।
आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितको गठबन्धन बनाउनुपर्नेमा जोड दिए ।
उनी भन्छन्,‘कोशी सरकारको स्थिरताका लागि राप्रपासँग निर्णायक वार्ता गरी नयाँ समीकरण निर्माण गर्नुपर्छ ।राप्रपासँग सहकार्य गरी अघि बढ्न नसक्दा पटक–पटक सरकार अस्थिर बन्यो ।’
प्रकाशित मिति: आइतबार, असोज ७, २०८० १५:०५