News Griha :: न्यूजगृह
आज एकादशी व्रत, आफ्नो राशिफल हेर्नुस् 

असोज ८ गते सोमबार । भदौ शुक्ल दशमी तिथि । पञ्चाङ्ग अतिगंड गर उत्तरषाढा । हरिपरिवर्तिनी एकादशी व्रत । राशिफल हेर्नुस् ।

मेष : घरायसी समस्या बढ्नेछ। अरूको विश्वास घट्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । व्यापार ब्यबसायबाट लाभ मिल्नेछ । वैदेशिक यात्रा हुनसक्छ ।

वृष : व्यावसायिक अल्झन देखा पर्ला । कार्यमा उत्साह बढ्नेछ। प्राविधिक क्षेत्र सबल बन्नेछ । कला क्षेत्रमा सुधार आउनेछ।

मिथुन : रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ । अनावश्यक चिन्ता बढ्नेछ। मनग्य आम्दानी हुनेछ ।

कर्कट : सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ।

सिंह : आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ।

कन्या : प्रतिभा प्रदर्शन गरेरै धेरैलाई अचम्मित पार्न सकिनेछ। व्यापारबाट प्रसस्त लाभ मिल्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ।

तुला : रोकिएका अधुरा कामहरु पूरा हुनेछन् भने नयाँ काम सुरु गर्ने योग रहेको छ । शैक्षिक लगानी बढ्नेछ। मनग्य धन आर्जन हुनेछ ।

वृश्चिक : घरायसी काममा रुचि बढ्नेछ । अरूको विश्वास सजिलै जित्न सकिनेछ । मन प्रसन्न रहनेछ । अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ।

धनु :  धार्मिक कार्यमा रुचि बढ्नेछ । सिर्जनात्मक कार्य हुनेछन्। मानसिक चिन्तन एवं पराक्रम बढ्नेछ । परोपकारी काममा समय बित्नेछ ।

मकर : आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। टाढिएका साथीभाइ नजिकिनाले सुखदुखमा साथ दिनेहरू भेटिनेछन् । काममा विभिन्न अवसर पाइनेछ ।

कुम्भ : फाइदा हुने काम प्राप्त हुन सक्छ । पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ । आँट गर्दा जटिल काम समेत सफल हुन सक्छ ।

मीन : अध्ययन अध्यापनमा प्रगति हुनेछ। प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०५:१८
Weather Update