विश्व पर्यटन दिवसमा पोखरामा सडक महोत्सव
कास्की— पर्यटकीय नगरी पोखरामा ४४औँ विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) लाई भव्य रुपमा मनाउने तयारी गरिएको छ ।
आइतबार पत्रकार सम्मेलन गरेर पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोना महामारीका कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन लागिएको जानकारी दिए ।
पोखरा पर्यटन परिषद्को आयोजना एवम् गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा कार्यक्रम गर्न लागिएको उनले बताए ।
विशेष अतिथिका रुपमा भारतीय राजदूत नवीन श्रीवास्तव आउने उनले जानकारी गराए । 'पोखराको पर्यटनका सम्बन्धमा भारतीय टुर अपरेटर र नेपाली टुर अपरेटर एवम् सञ्चारकर्मीसँग अन्तरक्रियासमेत गरिनेछ,' श्रेष्ठले भने ।
प्रकाशित मिति: आइतबार, असोज ७, २०८० २०:२१