News Griha :: न्यूजगृह
सल्यानमा जीप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं— सल्यानमा तरकारी बोकेको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते छन् । 

रोल्पाबाट दाङ तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।

जीप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

मृतक दुवै जना पुरुष हुन् । उनीहरूको सनाखत हुन बाँकी रहेको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए। दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका– २ का ३५ वर्षीय नारायण योगी गम्भीर घाइते छन् ।

उनलाई कपुरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको आशंका गरिएको छ।


 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०८:२८
Weather Update