मर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

विराटनगर— उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाविपरीत काम गर्ने जोकोहीलाई पनि कानुनी दायरमा ल्याउने बताएका छन् ।
प्रेस सेन्टर मोरङद्वारा सोमबार आयोजित पत्रकार भेटघाटमा उनले सीमा क्षेत्रमा हुने तस्करी तथा अवैध कारोबारलाई पूर्णरुपमा बन्द गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताए ।
गृहमन्त्री श्रेष्ठले सीमाक्षेत्रमा निगरानी बढाएकै कारण राजस्वमा वृद्धि भएको भन्दै पहिचानसहितको संघीयता अपरिहार्य भएको बताए ।
उनले सरकारले सुशासनको अभियानलाई निरन्तरता दिएको बताए ।
प्रकाशित मिति: सोमबार, असोज ८, २०८० १७:३०