News Griha :: न्यूजगृह
रक्तस्राव नरोकिएपछि सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार [फलोअप]
रक्तस्राव नरोकिएपछि सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार [फलोअप] पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार गाउँपालिका–१ की २३ वर्षीया सुत्केरी कल्पना रोकायाको रक्तस्राव नरोकिएको र सालनाल नआएर पाठेघरको मुख नै बन्द भएपछि उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको हो ।
अजरबैजानमा इन्धन डिपो विष्फोट हुँदा २० जनाको मृत्यु
अजरबैजानमा इन्धन डिपो विष्फोट हुँदा २० जनाको मृत्यु अजरबैजानको नागोर्नो काराबाखमा रहेको इन्धन डिपो विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । सो घटनामा सयौं घाइते भएको स्थानीय आर्मेनियाली अधिकारीहरूले बताएका छन् ।उनीहरुका अनुसार झन्डै ३०० मानिसलाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये दर्जनौं अझै पनि गम्भीर अवस्थामा छन् । सोमबार साँझ बिस्फोट के कारणले भएको हो भन्ने...
अधिकांश मासु पसल मापदण्डविपरीत
अधिकांश मासु पसल मापदण्डविपरीत अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ ।भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा आजदेखि सुरु भएको अनुगमनका क्रममा जनकपुरधामस्थित रेल्वे स्टेशन क्षेत्रमा रहेका मासु पसलको अवस्थाबारे जानकारी लिइएको थियो ।
अर्थतन्त्रप्रति सांसदको चिन्ता, बेरुजु घटाउन सुझाव
अर्थतन्त्रप्रति सांसदको चिन्ता, बेरुजु घटाउन सुझाव सार्वजनिक लेखा समिति सदस्यले देशको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । मंगलबार बसेको सो बैठकमा उनीहरुले वर्तमान अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै यसको सुधारका लागि आवश्यक पहल थाल्न ध्यानाकर्षण गराएका छन् ।
अस्पताल छोडेर सडकमा आएका डाक्टर के भन्छन् ?
अस्पताल छोडेर सडकमा आएका डाक्टर के भन्छन् ? पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट विरोधमा चिकित्सकले काठमाडौंमा प्रदर्शन गरेका छन् ।मंगलबार माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका चिकित्सकले आक्रमणकारीलाई कडा कारबाही गर्नुपर्ने र आफूहरूको भौतिक सुरक्षाको माग गरेका छन् । आन्दोलनमा सहभागी डाक्टर आनन्द सिंहले कानु्नअनुसार सहकर्मीमाथि हातपात गर्नेलाई कारबाही हुनुपर्ने आफूहरुको माग रहेको बताए ।
शिक्षा मन्त्रालयले गर्‍यो शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन अर्थलाई पत्राचार
शिक्षा मन्त्रालयले गर्‍यो शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन अर्थलाई पत्राचार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन पत्राचार गरेको छ । अर्थ मन्त्रालयलाई पत्र लेख्दै शिक्षकलाई समान तहको निजामती कर्मचारी सरह अधिकतम संख्यामा ग्रेड उपलब्ध गराउन पत्राचार गरेको हो ।
ईःलाई फुटपाथ व्यवसायीको साथ, महानगरविरुद्ध नाराबाजी
ईःलाई फुटपाथ व्यवसायीको साथ, महानगरविरुद्ध नाराबाजी काठमाडौंका फुटपाथ व्यवसायीले अभियन्ता ईःलाई समर्थन गरेका छन् । मंगलबार उनलाई समर्थन गर्दै सयौं व्यवसायीले राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका हुन् ।
बाजुरामा सुत्केरीको ज्यान जाेखिममा
बाजुरामा सुत्केरीको ज्यान जाेखिममा उक्त गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको ज्यान जोखिममा पुगेको स्वास्थ्य शाखाका संयोजक राजबहादुर भण्डारीले जानकारी दिए ।उनका अनुसार रोकायाले मंगबार बिहान बच्चा जन्माए पनि रगत बग्न नरोकिएको र सालनाल नझरेपछि उनको ज्यान जोखिममा परेको हो ।
लुम्बिनी सरकारले दियो राउटे समुदायलाई दसैँ खर्च
लुम्बिनी सरकारले दियो राउटे समुदायलाई दसैँ खर्च दसैँ खर्च माग गर्दै मंगलबार अर्थ मन्त्रालय पुगेका राउटे समुदायका प्रतिनिधिलाई प्रदेश सरकारले २५ हजार रुपैयाँ उपलब्ध गराएको हो । उक्त रकम सरकारको तर्फबाट अर्थमन्त्री धनबहादुर मास्कीले हस्तान्तरण गरेका हुन् ।
शुभसाइत पारेर हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान
शुभसाइत पारेर हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०:३७ बजेको शुभसाइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको छ ।
Weather Update