ईःलाई फुटपाथ व्यवसायीको साथ, महानगरविरुद्ध नाराबाजी

काठमाडौं— काठमाडौंका फुटपाथ व्यवसायीले अभियन्ता ईःलाई समर्थन गरेका छन् । मंगलबार उनलाई समर्थन गर्दै सयौं व्यवसायीले राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका हुन् ।
फुटपाथ व्यवसायीमाथि महानगरपालिकाले क्रुरतापूर्ण व्यवहार गरेको, सडकका किनारामा व्यवसाय गर्ने साना व्यवसायीलाई लखेटेको लगायतको विरोधमा अभियन्ता ईः ८ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् ।
प्रदर्शनमा सहभागी फुटपाथ व्यवसायीले महानगरको विरोधमा नाराबाजी गरिरहेका छन् । उनीहरूले ‘ठूला तस्करलाई चैन, गरिबलाई मात्र कडा ऐन’, ‘गरिब होइ गरीबी हटाऊ, बालबच्चालाई कसरी पढाउने, दुईछाक टार्न गाह्रो भयो’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० १४:३५













