हेलिकप्टर आवश्यक
बाजुरामा सुत्केरीको ज्यान जाेखिममा

बाजुरा— पूर्वउत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याकी एक महिलाको रक्तश्राव र साल नझरेर पाठेघरको मुख बन्द हुनपुग्दा उनको ज्यान जोखिममा परेको छ ।
उक्त गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको ज्यान जोखिममा पुगेको स्वास्थ्य शाखाका संयोजक राजबहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार रोकायाले मंगबार बिहान बच्चा जन्माए पनि रगत बग्न नरोकिएको र सालनाल नझरेपछि उनको ज्यान जोखिममा परेको हो ।
सुत्केरी रोकायालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले पहल गरिरहेको संयोजक भण्डारीले बताए ।
उक्त घटनामा गाउँपालिकाबाट जानकारी गराइएकाले नेपाली सेनाको हेलिकप्टरका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० १४:१५