News Griha :: न्यूजगृह

काठमाडौं— पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट विरोधमा चिकित्सकले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

मंगलबार माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका चिकित्सकले आक्रमणकारीलाई कडा कारबाही गर्नुपर्ने र आफूहरूको भौतिक सुरक्षाको माग गरेका छन् । 

Prabhu Bank

आन्दोलनमा सहभागी डाक्टर आनन्द सिंहले सहकर्मीमाथि हातपात गर्नेलाई कानु्नअनुसार कारबाही हुनुपर्ने आफूहरुको माग रहेको बताए ।

‘कानुनी ऐन हामीसँग छ । त्यो अनुसार कारबाही अगाडि बढेको छैन । स्वास्थ्य सुरक्षा ऐन छ, त्यो ऐन अनुसार कारबाही अगाडि बढ्नुपर्‍यो,’ उनले भने ।

डाक्टर कपिल गौतमले पनि देशका विभिन्न ठाउँमा सहकर्मीमाथि आक्रमण भएपनि सरकारले त्यसलाई गम्भीर रुपमा नलिएको भन्दै आक्रोश पोखे ।

उनले भने, ‘देशको दूरदराजमा काम गर्ने साथीहरु दुर्व्यवहार र सांघातिक हमतामा पर्नुभएको छ । हाम्रो सुरक्षाको प्रत्याभूति गर्नुपर्‍यो ।’

लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएपछि मृतकका आफन्तसहितले डाक्टरले लापरर्बाही गरेको भन्दै हातपात गरेको थियो । सोही घटनालाई लिएर आज काठमाडौंमा पनि डाक्टर विरोधमा उत्रिएका हुन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १५:३५
राजनीति
विशेष
Weather Update