
काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन पत्राचार गरेको छ ।
अर्थ मन्त्रालयलाई पत्र लेख्दै शिक्षकलाई समान तहको निजामती कर्मचारी सरह अधिकतम संख्यामा ग्रेड उपलब्ध गराउन पत्राचार गरेको हो ।
शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच यही असोज ५ गते भएको सहमति अनुसार बुँदा नं ३ (घ) मा विद्यालयका शिक्षकले पाउने ग्रेड समायोजन सम्बन्धी विषय उल्लेख भएको हुँदा उक्त बुँदा कार्यान्वयनका लागि विद्यालय तहमा अध्यापन गर्ने शिक्षकलाई समान तहको निजामती कर्मचारी सरह अधिकतम संख्यामा ग्रेड उपलब्ध गराउन पत्रमा उल्लेख गरेको छ ।
संघीय संसद सचिवालयमा दर्ता गरिएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ का सम्बन्धमा नेपाल शिक्षक महासंघले अघि सारेका अठार बुँदे मागबारे माननीय उपप्रधान एवम् गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गठित वार्ता समितिका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच मिति २०८०/०६/०५ गते भएको सम्झौता अनुसार बुँदा नं. ३ (घ) मा विद्यालयका शिक्षकले पाउने ग्रेड समायोजनसम्बन्धी विषय उल्लेख भएको हुँदा सो विषय कार्यान्वयनका लागि विद्यालय तहमा अध्यापन गर्ने शिक्षकलाई समान तहको निजामती कर्मचारी सरह अधिकतम संख्यामा ग्रेड उपलब्ध गराउन त्यहाँ मन्त्रालयमा अनुरोध गर्ने भनी मिति २०८०/०६/०८ मा (माननीय मन्त्रीस्तरीय) बाट निर्णय भएको हुँदा निर्णय अनुसार हुन निर्णयको प्रतिलिपि र सम्झौता पत्रको प्रतिलिपि यसैसाथ संलग्नराखी पठाइएको बेहोरा निर्णय अनुसार अनुरोध छ,’ पत्रमा भनिएको छ ।
