लुम्बिनी सरकारले दियो राउटे समुदायलाई दसैँ खर्च

दाङ— लुम्बिनी प्रदेशले राउटे समुदायलाई दसैँ खर्च उपलब्ध गराएको छ ।
दसैँ खर्च माग गर्दै मंगलबार अर्थ मन्त्रालय पुगेका राउटे समुदायका प्रतिनिधिलाई प्रदेश सरकारले २५ हजार रुपैयाँ उपलब्ध गराएको हो । उक्त रकम सरकारको तर्फबाट अर्थमन्त्री धनबहादुर मास्कीले हस्तान्तरण गरेका हुन् ।
सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई हस्तान्तरण गरिएको हो । उक्त रकम पाएपछि उनीहरु खुसी भएका थिए ।
उनीहरु प्रत्येक वर्ष तिज, दसैँ तथा तिहारमा सरकारसँग माग गर्ने गरेका छन् । केही देखी उनी दाङ तथा आसपासका सरकारी कार्यालयमा गएर दसैँ खर्च माग्दै आएका थिए । मन्त्री मास्कीले रकमलाई सही सदुपयोग गर्न अनुरोध गरे ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० १३:४४