News Griha :: न्यूजगृह
अर्थतन्त्रप्रति सांसदको चिन्ता, बेरुजु घटाउन सुझाव

काठमाडौं— सार्वजनिक लेखा समिति सदस्यले देशको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । 

मंगलबार बसेको सो बैठकमा उनीहरुले वर्तमान अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै यसको सुधारका लागि आवश्यक पहल थाल्न ध्यानाकर्षण गराएका छन् । 

बैठकमा राजेन्द्र लिङ्देनले देशको अर्थतन्त्रको अवस्था एकमदै खराब उन्मुख भइरहेको बताए ।उनले बेरुजु बढेको भन्दै यस्तो अवस्थामा समस्या बढाउने होइन जवाफदेही हुनुपर्ने बताए । 

उनले भने, ‘देशको अर्थतन्त्रको अवस्था ठिक छैन मात्रै होइन, एकदमै खराबन्मुख छ भन्ने कुरा स्पष्ट रुपमा देखिन्छ ।’ 

बैठकमा लेखनाथ दहालले अडिटरलाई बजेट छुट्याएर कमिशनमा आधारित बेरुजु फछ्यौट गर्ने अहिलेको मुख्य समस्या भएको भन्दै यसलाई समाधान गर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन् । 

उक्त बैठकमा अर्जुननरसिंह केसीले पनि महालेखा नियन्त्रण कार्यालयले नियन्त्रण गर्न नसक्दा बेरुजु बढेको भन्दै यसलाई व्यवस्थित र नियन्त्रण गर्न सक्यो भने बेरुजुको कम हुने बताए । 

योगेश भट्टराईले लेखा परीक्षणसँग सम्बन्धित संस्थाहरुको स्वतन्त्रताको कुरा उठाउँदै यस्तो संस्थाहरु अझै बलियो र हस्तक्षेपमुक्त हुनुपर्ने बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १५:५६
Weather Update